जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार ०८:४५

भौतिक उपस्थितिमै पढाइ सुरु, केही विद्यालय स्थानीय तहको निर्णय कुर्दै


बागलुङ, १५ भदौ । कोरोना भाइरसका कारण सिर्जित समस्याले लामो समय बन्द रहेका बागलुङका विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ । स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न दिने निर्णय भएसँगै विद्यालय संचालन हुन थालेका हुन् । सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने दिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

केही विद्यालय भने स्थानीय तहको निर्णय कुरेर बसेका छन् । हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयले जोरबिजोर प्रणालीबाट कक्षा संचालन गरिहेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारीका अनुसार लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएकाले स्वास्थ्य मापदण्ड पालना गदै जोरविजोर प्रणालीबाट कक्षा संचालन गरिएको हो । मरिण गाउँपालिका क्षेत्रमा पनि मंगलबारदेखि विद्यालय संचालन हुने मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताउनुभयो ।

विद्यालयमा ३३ प्रतिशत विद्यार्थी उपस्थित गराएर कक्षा संचालन थालेको उहाँको भनाइ छ । तीनपाटन गाउँपालिका क्षेत्रका केही विद्यालयमा मात्र पठनपाठन सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिले तत्कालै विद्यालय नखोल्ने निर्णय गरेकाले विद्यालय संचालन हुन नसकेको तीनपाटन गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताउनुभयो । अर्को साताबाट गाउँपालिकाको सबै विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै पठनपाठन सुरु हुने उहाँले जनाउनुभयो ।

कमलामाई नगरपालिका क्षेत्रका विद्यालय सोमबारबाट संचालन भएका छन् । विद्यालयमा ३३ प्रतिशत मात्र विद्यार्थी उपस्थित गराइ कक्षा संचालन भइरहेको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताउनुभयो । फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिका क्षेत्रका विद्यालय भने संचालन भएका छैनन् । गाउँपालिकाले निर्णय नगरेको कारण हालसम्म विद्यालय संचालन हुन नसकेको गाउँपालिकाले बताएका छन् । केही दिनमै बैठक बसी विद्यालय खुलाउने तयारी भएको फिक्कल गाउँपालिकाले जनाएको छ । न्युज कारखाना