विराटनगर, १५ भदौ । नेकपा एकीकृत समाजवादीले सांसदलाई होटलमा राखेर बन्दक बनाएको आरोप लागेपछि (एस) मा खुलेका सांसदहरुले चार दिनमा होटल छाडेका छन् । एमालेले एकीकृत समाजवादीले सांसद्हरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सासदहरुले सोमबार साँझदेखि होटल छाडेका हुन् । उनी गत शुक्रबारबाट विराटनगरको बिग होटेलमा बस्दै आएका थिए ।
होटल छाडेसँगै उनीहरुले विराटनगरनै छाडेका छन् । होटलमा बस्दा विभिन्न आरोप आएपछि होटल छाडेको नेकपा (एस) का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिनुभयो । आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको राइले बताउनुभयो । ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुने हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ’, राईले भन्नुभयो ।
अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् । आजै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । प्रदेश सरकारले आज झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उहाँहरु बुधबार मात्रै आयोगमा जाने हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्