जनता टाइम्स

४ असार २०७६, बुधबार १२:४२

राजदूतमा सिफारिक भएका विरुद्ध १० दिनभित्र उजुरी दिन आव्हान


काठमाडौं ।

संसदीय सुनुवाई समितिले चार देशका लागि सिफारिस राजदूतका विरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारका राजदुतमाथिको सुनुवाई थाल्दै उजुरी दिन १० दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

सरकारी सञ्चार माध्यमबाट चारैजना राजदुतमाथि उजुरीका लागि आह्वान गर्ने निर्णय भएको संघीय संसदका महासचिव तथा समिति सचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो । सुनुवाईमा प्रस्तावित राजदुतका व्यक्तिगत विवरण लगायतका विषयमा छलफल समेत भएको उहाले बताउनुभयो । गत जेठ २४ गते बसेको मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिस गरेको थियो । सिफारिस गरिएका राजदुतको संवैधानिक सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।