जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार २०:३५

कोभिड भ्याक्सिन ल्याउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु


जाजरकोट, १६ भदौ । भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ ।कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो ।

नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड भ्याक्सिन ल्याउँदै गर्दा कार्कीको डलेर मृत्यु भएको जानकारी दिनुभयो । बिहान ८ बजे भ्याक्सिन लिएर कार्की आएकोमा दिउँसोसम्म स्वास्थ्य संस्था नपुगेपछि खोजी गर्दा अपरान्ह ४ बजे उहाँको लडेर मृत्यु भएको पत्ता लागेको ओलीले जानकारी दिनुभयो ।