जनता टाइम्स

१७ भाद्र २०७८, बिहीबार १२:४२

बिग बोस बिजेता सिद्धार्थ शुक्लाको निधन


काठमाडौं, भदौ १७ । हृदयघातका कारण भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उहाँ पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिनुभएको थियो । बिग बोसको कारण उहाँ चर्चित हुनुभएको हो ।

उहाँले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरिसक्नुभएको थियो । उत्तर प्रदेशको प्रयागराजबाट मुम्बई पुग्नुभएको शुक्ला भारतीय टेलिभिजनका चर्चित अभिनेता हुन् । उहाँ पछिल्लोपटक एकता कपुरको लोकप्रिय सो ‘ब्रोकन बट ब्यूटीफुल थ्री’मा समेत देखिनुभएको थियो । शुक्लाको निधनले विश्वभरका उहाँका प्रशंसकलाई दुःखित तुल्याएको छ ।