जनता टाइम्स

१७ भाद्र २०७८, बिहीबार १७:१५

काठमाडौं महानगरको बृहत भेलालाई पार्टी अध्यक्ष र उपाध्यक्षले सम्बोधन गर्ने


काठमाडौं, भदौ १७ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले भदौं १९ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा आयोजना गर्ने बृहत कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने हुनुभएको छ । भेला तयारीका लागि भदौं १५ गते बसेको नेकपा एमाले महानगर कमिटी सचिवालय बैठकले पार्टीको तिक्ततापछि पहिलो पटक राजधानीमा नेकपा एमालेले बृहत कार्यकर्ता भेला आयोजना गर्न लागेको कमिटीका अध्यक्ष निर्मल देउलाले बताउनुभयो । सचिवालय बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य काठमाडौं जिल्ला ईन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, केन्द्रिय सदस्य काठमाडौं महानगर कमिटी ईन्चार्ज नारायण सिलवाल, पार्टी नेताहरु केशव स्थापित, डा. अजय क्रान्ति शाक्य, राजेश शाक्य, गणेश दुलाल र महानगरप्रमुख विद्या सुन्दर शाक्यको उपस्थिति रहेको थियो ।पार्टीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सहभागी हुन महानगर अध्यक्ष निर्मल देउलाले पार्टी कार्यकर्ताहरुलाई अपिल समेत गर्नुभएको छ ।