४ असार २०७६, बुधबार ००:००

ट्रमाको बिग्रेको मेसिनमा सा‌ंसदको ध्यानाकर्षण


काठमाडौं, असार ४

सांसद देवप्रकाश तिमिल्सिनाले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रेको ८ महिना भएको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले ८ महिनादेखि ट्रमा सेन्टरको मेसिन बिग्रँदा मेचीदेखि महाकालीसम्मबाट उपचारमा आउने बिरामी मर्कामा परेको बताउनुभयो ।

‘त्यहाँ उपचार गर्न आउने सर्वसाधारण अत्यन्त मर्कामा छन्,’ उहाँले भन्नुभयो, ‘यस विषयमा मन्त्रीको ध्यान जाओस ।’ वीर अस्पतालमा थुप्रिएको फोहोरले त्यहाँ उपचार गराउन गएको मान्छे झन् बिरामी भएर फर्किने अवस्था रहेको भन्दै उहाँले त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।