जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार ०८:४४

अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध


चितवन, भदौ १८ । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड विहानैबाट अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नं.६ पाँचकिलो भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो स्थानमा निरन्तर वर्षा भैरहेकोले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।