जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १४:१५

पारालिम्पिक टिम केहीबेरमा नेपाल आईपुग्ने


काठमाडौं, भदौ २० । जापानमा जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाएको नेपाली टिम आज नेपाल आईपुग्ने भएका छन्। पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आज अपरान्ह नेपाल आईपुग्ने छन् । नेपाली टिम अपरान्ह ३ बजे नेपाल आईपुग्ने तालिका रहेको छ ।

टोकियो पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गरेकी थिइन्। पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, पलेशा ऐतिहासिक कास्य पदक जित्न असफल भएकी थिइन्।

रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग पराजित भएकी थिइन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका थिए ।