जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १६:३१

आज नेपालमा थपिए १,०८९ संक्रमित, १,५३४ निको


काठमाडौं, भदौ २० । नेपालमा आज १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३१ हजार २४८ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ६९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८५ हजार ५० पुगेको छ । हालसम्म ७ लाख २२ हजार १८५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८३० पुगेको छ ।