जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १६:५५

नेकपा (एस) रोज्ने बाँकेका वडा सदस्य एक्ला जनप्रतिनिधि


नेपालगञ्ज, २० भदौ । बाँकेमा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये एकजनाले मात्र नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको छ । आज कोहलपुर नगरपालिका–५ मा एमालेबाट निर्वाचित वडा सदस्य शंकर खड्काले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेपालगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर खड्काले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘बाँकेमा समाजवादी रोज्ने म नै पहिलो जनप्रतिनिधि हो । मंगलबारसम्म समय छ साथीहरु अरु पनि थपिनु हुनेछ ।’ नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि २२ भदौसम्मको समय दिएको छ ।