जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार ०८:३८

आज नेपालले पपुवा न्युगिनीसँग पहिलो एक दिवसीय क्रिकेट खेल्ने


काठमाडौं, २२ भदौ । नेपालले आज पपुवा न्युगिनी ९पीएनजी० सँग एक दिवसीय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेल हुँदैछ । खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।