पोखरा, २२ भदौ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाउनुभएको छ । पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकोप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाउनुभयो ।
‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भन्नुभयो । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ । अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भन्नुभयो, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’













प्रतिक्रिया दिनुहोस्