काठमाडौं, २३ भदौ । आज बार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले न्युज कारखानालाई जानकारी दिनुभयो । ‘आइतबार रातिको जस्तो नभई केही समय वर्षा हुने देखिन्छ,’ उहाँले भन्नुभयो,‘लामो समय पानी नपरे पनि भारी नै हुने सिस्टमले देखाएको छ ।’
kath
महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति भने बागमतीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।













प्रतिक्रिया दिनुहोस्