जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार १०:४९

एमाले दलको बैठकमा बामदेव पत्नि तुलसा


काठमाडौं, भदौ २३ । नेकपा एमाले दलको बैठकमा तुलसा थापा पुग्नुभएको छ । नेकपा एमालेको उपाध्यक्षबाट पति बामदेवले भने राजीनामा दिएर बस्नुभएको छ । पार्टी परित्याग गरेर हिँडेका बामदेवको पत्नि आज बैठकमा सहभागी हुनुभएको राष्ट्रिय सभा सांसद कमल वलीले बताउनुभयो ।

संघीय संसदीय भवनमा सुरु भएको नेकपा एमाले दलको बैठक सुरु भएको छ । आज अपरान्ह सुरु हुने संसद बैठकमा नेकपा एमाले कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बोलाएको बैठक भने जारी रहेको छ ।