काठमाडौं, भदौ २४ । आज नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको दिनमा तपाईको राशिफल कस्तो छ ? आज वि.सं.०७८ साल भदौ २४ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ ।
मेष
काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।
वृष
भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब सिर्जन हुने योग रहेको छ ।
मिथुन
राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला ।
कर्कट
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
सिंह
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चात्ताप हुनेछ ।
कन्या
सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ ।
तुला
लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ ।
वृश्चिक
आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
धनु
सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ ।
मकर
यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
कुम्भ
हतार गर्ने बानिले अनावश्यक विवादमा फस्ने योग रहेको छ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।
मीन
पारिवारिक सम्बन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ ।भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।













प्रतिक्रिया दिनुहोस्