जनता टाइम्स

२४ भाद्र २०७८, बिहीबार २१:०५

सविता र प्रीतिको उत्कृष्ट प्रदर्शनमा बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी


काठमाडौं, भदौं २४ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गर्नुभयो । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गर्नुभयो । खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाउनुभयो । सविताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गर्नुभएको हो । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गर्नुभएको थियो ।

यस्तै खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गर्नुभयो । प्रीतिले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गर्नुभयो । उहाँको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो । नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ ।