हेटौडा, भदौ २५ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त हुनुभएको छ । बागमति सरकारको मन्त्रिपरिषदको बैठकले रसुवाका एमाले नेता अर्याललाई प्रदेश राज्यमन्त्री सरहको सुविधा पाउने गरी नियुक्त गरेको हो ।
एमालेका केन्द्रीय सदस्य अर्याल एमालेभित्रको अन्तरसंघर्षमा माधव नेपाल पक्षमा हुनुहुन्थ्यो । एमाले उपाध्याक्ष शाक्य एमालेमै रहने भएपछि उहाँ पनि बिभाजनकारी समुहमा नलागी एमालेमै रहने निर्णय गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्