काठमाडौं, २५ भदौ । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ । आज बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिनुभयो । आज बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो ।
जुठबहादुर खड्गी (जे.बी.टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्