जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १७:०२

नेपालमा आज थपिए ११४६ संक्रमित, १६६० कोरोनामुक्त, २१ ले गुमाए ज्यान


काठमाडौं, भदौ २५ । नेपालमा आज थप ११ सय ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६६० जना निको भएका छन् भने २१ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९१५ जनाको परीक्षण भएको थियो ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३५४ जना छन् । काठमाडौंमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जनालाई पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म ८ लाख ६१ हजार ९५२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने १० हजार ९२४ को मृत्यु भएको छ । सक्रिय संक्रमित २७ हजार ९५८ रहेका छन् ।