जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १७:१९

पत्रकारलाई पक्राउ गरी चरम यातना, तालिबानको कुटाइबाट भयो यस्तो हालत


काठमाडौं, भदौ २५ । अफगानिस्तानमा तालिबानले पत्रकारलाई कुटपिट गरी घाइते बनाएको छ । महिला आन्दोलनको फोटो÷भिडियो खिचेको तथा समाचार कभर गरेको भन्दै तालिबानले पत्रकारलाई पक्राउ गरी यातना दिएको हो । अफगान महिलाहरूले मंगलबार काबुलस्थित पाकिस्तानी दूतावासअगाडि पदर्शन गरेका थिए ।

उक्त प्रदर्शनको समाचार कभर गरेको भन्दै तालिबानले केही पत्रकारहरुलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएकामध्ये केहीलाई उनीहरुले चरम यातना दिएका छन् । तालिबानको कुटाइबाट पत्रकारका शरीरमा चोट तथा डाम देखिएको छ ।

अफगानिस्तानका एक प्रकाशकले सामाजिक सञ्जालमा फोटो शेयर गर्नुभएको छ । उहाँले ट्विट गरिएको तस्बिरमा तालिबानको कुटाइबाट घाइते भएका दुई पत्रकारको शरीर देखाइएको छ । उहाँहरुको ढाड, कम्मर, तिघ्रालगायत शरीरका विभिन्न भागमा कुटाइको डाम देखिन्छ ।