काठमाडौं, भदौ २५ । व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक–फरक हुने जस्तै योनी पनि फरक फरक नै हुन्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागमा पनि लागू हुन्छ । योनी अत्यन्तै लचिलो, इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो । यो आफ्नो ठाउँमा टेम्पोनलाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ ।
यो आफ्नो ठाउँमा टेम्पोन (महिनावारी भएको बेला रगत सोस्न योनीभित्र राखिने रुवा वा कपडाको सामान, जुन भिजेपछि फैलिने गर्छ र रगतलाई चुहिन दिँदैन) लाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ । यस्तो किन हुन्छ भने योनीका भित्री भित्ताहरु हाम्रा आमाशयसँग मिल्दोजुल्दो हुन्छ, त्यो प्रयोग नहुँदा एकअर्कामाथि खप्टिएर पत्रपत्र बनेर बसेको हुन्छ, जुन आवश्यक पर्दा फैलिन सक्छ ।
महिलाको योनीको आकारलाई नाप्ने काम सामान्यतः सबैभन्दा पहिले सन् १९६० को दशकमा मास्टर एण्ड जोनसनले गरेको कार्यबाट थालनी भएको पाइन्छ । उनीहरुले कहिल्यै गर्भवती नभएका १०० महिलाहरुमाथि परीक्षण गरेर हेर्दा सामान्य अवस्थामा महिलाहरुको योनी २.७५ इन्चदेखि ३.२ इन्चसम्म हुने गरेको पाएका थिए । तर तिनै महिलाहरु कामोत्तेजित हुँदा त्यो बढेर ४.२५ देखि ४.७५ इन्चसम्म भएको पाएका थिए ।
तर योनी कत्रो छ भन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ यौनक्रियामा योनीको बाहिरी एक तिहाई हिस्साले मात्रै महत्त्वपूर्ण भूमिका खेल्ने मानिएको छ ।तर महिलाको योनीको लम्बाईले यौन सन्तुष्टिमा कसरी भूमिका खेल्छ भन्नेबारे कसैलाई पनि यकीन थाहा छैन । विज्ञहरुका अनुसार, योनीको कसिलो बनाउन एक्सरसाइज गर्नुपर्छ । विशेष गरेर मुत्रत्याग गर्दा सकेसम्म च्याप्ने वा रोक्ने, अलिकति मुत्र त्याग गर्ने फेरि च्याप्ने–यो प्रक्रिया केहीबेर दोहोर्याउने । अर्को तरिका भनेका योनीभित्र औंला छिराउने र त्यसलाई योनीको मांशपेशी खुम्चाएर चेप्ने ।
करिब १० सेकेन्डसम्म च्यापिराख्ने र छाड्ने । यो प्रक्रिया एक पटकमा १० देखि २० चोटी गर्ने र दिनमा ३ पटकसम्म गर्ने । यो व्यायाम गर्दा सकेसम्म श्वास सामान्य तरिकाले छाड्ने र खुट्टा पेटका मांसपेशीहरु सकेसम्म नखुम्च्याउने । यसो गरेमा योनी क्षेत्रका मांसपेशीहरु कसिलो बन्न मद्दत पुग्छ । केही महिलाहरुमा चाहिँ बच्चा जन्माउने क्रममा त्यस क्षेत्रका स्नायुहरुमा क्षति पुगेका हुन्छन् र त्यो केगल एक्सरसाइज गर्ने मांसपेशी महसूस नगर्न पनि सक्छ ।













प्रतिक्रिया दिनुहोस्