जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार १६:५९

हाल राजधानीमा ४,६५० कोभिडका विरामी


काठमाडौं, भदौ २६ । आज काठमाडौं उपत्यकामा ३५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा २३०, ललितपुरमा ८५ भक्तपुरमा ४२ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभर ९९४ जना संक्रमित थपिएका छन् ।

अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४,६५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज दिउँसोसम्म काठमाडौंमा ३,४१८, भक्तपुरमा १,१६७ र ललितपुरमा १,९४६ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।