जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार २१:२८

कपिलवस्तुमा कांग्रेस-माओवादी त्यागेर ३ सय ४० जनाले रोजे एमाले


कपिलवस्तु , भदौ २६ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा न ७ गणेशपुरमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग ठुलो संख्या युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । विजयनगर गाँउपालिका वडा न ७ को विभिन्न गाँउबाट ३ सय ४० जनाले युवाहरु एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमाले पार्टी प्रवेश गर्नेको लहर सुरु भएको कपिलवस्तुका एमाले नेताहरु बताउनुहुन्छ । वडा नंं ७ मा विभिन्न पार्टी परित्याग गरि सबै भन्दा बढी सदस्यहरुले नेकपा एमालेमा आएको विजयनगर गाँउपालिका वडा ७ का वडा कमिटि अध्यक्ष मुजिवुर रहिमनले जानकारी दिनुभयो । विजयनगर गाँउपालिकको विकासमा गाँउपालिका अध्यक्ष गोपाल थापाले गरेको प्रगतिको र नेकपा एमालेहरु विजय भएको स्थानमा अरु भन्दा धेरै विकास निर्माण संगै शैक्षिक विकास भएको नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताउनुभयो ।

कपिवस्तुको विजयनगर गाँउपालिक वडा न ७ वडास्तरिय भेला कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा कपिलवस्तु क्षेत्र न ३ क का लुम्बिनी प्रदेश अर्जुन कुमार के.सी ले (एमाले) प्रति नागरिकहरुको आस्था र विश्वास बढदै गएको बताउनुभयो । कार्यक्रमा वडा न ७ का वडा अध्यक्ष दिनेश चौधरीले गरिब र सर्वहारा वर्गको पक्षमा वकालत र पैरवी गरेको र सधै गरिबहरुको पक्षमा रहने बताउनुभयो ।