जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार २१:३१

प्रचण्डलाई आफ्नै गृहजिल्लामा झडका : सचिवालय सदस्यसहित ७१ जना एमाले प्रवेश


चितवन, २६ भदौ । नेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका सचिवालय सदस्य बोध बहादुर गोले नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ ।

एमालेको आज इच्छाकामना ७ स्थित सिमलढापमा भएको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटी सचिवालय सदस्य गोलेसहित ७१ जना एमालेमा प्रवेश गरेका हुन । गोलेसँगै ६१ जना माओवादी केन्द्रका कार्यकर्ताहरु र नेपाली कांग्रेसका १० जना कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेको इन्चार्ज गुरुङले बताउनुभयो ।

तत्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं। ७ मा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेका गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवाली, एमाले जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराएको एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिनुभयो ।