जनता टाइम्स

५ असार २०७६, बिहीबार ११:२९

नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको भनाई


काठमाडौं ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

लखनउमा नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने वातावरण बनाउन लागेको जानकारी समेत गराउनु भयो । दुई देश र नागरिकबीचको सम्बन्धमा विशेष जोड दिँदै मुख्यमन्त्री आदित्यनाथले नेपालीहरु स्वाभिमानी र सज्जन भएको एवं नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध स्वार्थनिहित नभई परापूर्वकालदेखि नै दिगो रहेको उल्लेख गर्नुभयो ।

साथै , दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा दरार आउन नदिन दुवै देशका नागरिक सजग हुनुपर्ने आदित्यनाथनाथले बताउनु भयो । केही शक्तिले नेपाल–भारत खुला सिमाको फाईदा उठाउन खोजेको उल्लेख गर्दै योगीले त्यसतर्फ सजग हुनुपर्नेमा जोड समेत दिनुभयो । नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले आफुहरुले नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको बताउनु भयो ।