जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार १५:२१

फिरौती माग्न आँखा अस्पतालमा नक्कली बम राख्ने समूह पक्राउ


काठमाडौं, २७ भदौ । पुरानो बानेश्‍वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका छन् ।
उनिहरुले फिरौती असूल गर्‍ने उद्देश्यले बम राखेको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।