काठमाडौँ, भदौ २८ । इजरायल जाने नेपाली कामदारको भाषा परीक्षा आज हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौँमा ११ वटा केन्द्र तोकिएका छन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो ।
रोजगारीका लागि एक हजराको कोटा भएपनि ७ हजारले परीक्षा दिन लागेका छन् । ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ । परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन् ।भाषा परीक्षा सुरु हुनु ३ घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ ।
परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।वैदेशिक रोजगार विभागले सोमबार भाषा परीक्षा गरी २ दिनभित्र कम्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजनिक गर्ने भएको छ ।यस्तै भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ । ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्