जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १८:५४

अछामको मेल्लेखमा १५ सैय्याको अस्पताल स्थापना


अछाम, २८ भदौ । अछामको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीको चौखुट्टेमा निर्माण गरिएको अस्पतालको सोमबार एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

नागरिकलाई आधाभूत स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पताल स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो ।

१ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचना निर्माण र ४२ लाखको लागतमा उपकरणसहित कूल १ करोड ५३ लाख २० हजारको लागतमा अस्पताल तयार भएको गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहीले बताउनुभयो ।