काठमाडौं, २९ भदौ । अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगजनीबाट ५ जना नेपाली भाषीको मृत्यु भएको छ । सोमबार बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको हो । मृतक सबै नेपाली भाषी भुटानीहरु हुन् ।बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको आक्रन अग्नी नियन्त्रण बिभागले जनाएका छन । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर संख्यामा बिहान १२स् ५० मा आगो लागेको हो ।विभागका अनुसार आकस्मिक कामदारहरुले उनीहरुका छिमेकी र नातेदारहरुले परिवारका अन्य सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरु पढ्ने आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष,११ वर्ष र १६ वर्षका विद्यार्थीको निधन भएको जनाएका छन ।अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । घाइतेहरुलाई छिमेकीहरुले घटनास्थलमै उपचार गर्ने पनि प्रयास गरेका थिए ।आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिव ६० वर्षीय पुरुष तथा ४८ वर्षीया महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताईएको छ ।मृतकका छोरा यम सुब्बाले के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन बाँकी रहेको स्थानीय पत्रिका बिकोन जर्नल डटकमलाई बताएका छन् ।
अमेरिकाको ओहायोमा भीषण आगलागीमा परि ५ नेपाली भाषीको मृत्यु

प्रतिक्रिया दिनुहोस्