जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १९:५१

काठमाडौंमा नै बोक्सी आरोपमा महिलामाथि कुटपिट, ९ दिनपछि घटना बाहिर


काठमाडौं, भदौ २९ । काठमाडौंमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट गरिएको हो । प्रहरीले कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पीडित महिलाका श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमानले उपचारका लागि भन्दै थिङ कहाँ लगेको र थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।