जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार २१:३९

एमालेसंग सबै दल डराए : पुर्व मन्त्री रायमाझी


काठमाडौं, भदौ २९ । नेकपा एमाले स्थायि कमिटी सदस्य तथा पुर्व मन्त्री टोपबहादुर रायमाझीले एमालेसंग दलहरू एक्ला एक्लै भिड्न डराएको बताउनुभयो । एमालेसग एक्लै लड्न नसकेपछि सबै शक्ति मिलेर कमजोर बनाउन खोजे पनि एमाले कहिल्यैपनि कमजोर नहुने बताउनुभयो ।

नेकपा एमाले अर्घाखाँचीको बृहत् कार्यकता भेलामा बोल्दै नेता रायमाझीले नेपालमा नेकपा एमाले र अर्को नेपाली काग्रेस दुइपार्टि बाहेक सवैपार्टीहरु विघटन हुने दावी गर्नुभयो । उहाँले परमादेशबाट सरकार तथा प्रधानमन्त्री नियुक्ति हुनु दुखद भएको भन्दै जनमत माथि कुठारघात भएको टिप्पणी गर्नुभयो । एमसिसि परियोजना संसोधन सहित पास गर्नु पर्ने बताउदै ,सरकार गठबन्धनले यसबारे आधिकारीक धारण सार्वजनिक गर्न साथ एमालले स्पष्ट विचार ल्याउने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्दिय सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाल काग्रेसको शरणमा पुगेको बताउनुभयो ।

उहाँहरूले कम्युनिस्ट सरकारलाइ ढालेर काग्रेसलाइ सरकार बुझाएर आफ्नो अस्तित्व जोगाइदिन शरणमा पुगेको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य नजिर मिया,चन्द्रबहादुर खड्का,बोमबहादुर विक,प्रदेश सचिवालय सदस्य चेतनारायण आर्चाय,रामजि प्रसाद घिमिरे,जालपा भुसाल,जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला,सचिव तोजबहादुर रायमाझी लगाएले मन्तव्य राख्नुभएको थियो ।