जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार २२:४७

नेपालविरुद्ध जतिन्दरको शतक


काठमाडौं, २९ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालविरुद्ध ओमानका जतिन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।उनले नेपालविरुद्ध शतक पूरा गरेका छन् ।जतिन्दरले ६० बलमा १०३ रन बनाएर शतक पूरा गरे ।