जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १०:११

मुग्लिन–नौबिसे सडक खण्डको अवरोध हटाइयो, यातायात सञ्चालन


चितवन, भदौ ३० । पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । झण्डै ६ घण्टा लगाएर प्रहरीले सडकको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।