जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १७:१८

रहस्यमयी ज्वरोका कारण एकै गाउँका ८ बालबालिकाको मृत्यु


काठमाडौं, भदौ ३० । भारतको हरिणया राज्यको एक गाउँमा रहस्यमय ज्वरोका कारण ८ बालबालिकाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार हरियाणाको पलवाल जिल्लाको चिल्ली भन्ने गाउँमा ज्वरोका कारण ८ बालबालिकाको मृत्यु भएको हो ।

गाउँलेहरुले डेंगु ज्वरोका कारण बालबालिकाको मृत्यु भएको बताइरहे पनि स्वास्थ्य विभागले त्यो पुष्टि गरेको छैन ।रहस्यमय ज्वरोका कारण लगातार बालबालिकाको मृत्यु भएपछि उक्त गाउँमा स्वास्थ्यकर्मी चरिचालन गरिएको छ । ज्वरो आएका बालबालिकालाई डेंगु र मलेरियाको जाँच गर्न लगाइएको छ । साथै कोभिड–१९ संक्रमणको समेत खतरा रहेकाले ।

कोभिड–१९ परीक्षणका लागिसमेत नमुना संकलन गरिएको छ । त्यस गाउँमा अन्य ५० भन्दा धेरै बालबालिकामा ज्वरो देखिएको छ । उनीहरुको उपचार भइरहेको छ । करिब ४०० हजार व्यक्ति बसोबास गर्ने उक्त गाउँमा कुनै स्वास्थ्य केन्द्र नरहेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँ सरसफाइ र स्वस्थ पानीको समेत अभाव छ ।