जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार १४:४९

माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन : बादल


काठमाडौं, भदौ ३१ । एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने बताउनु भएको छ । काठमडौंमा आज आयोजित कार्यकर्तालाई प्रशिक्षणमा बेद्यलै उहाँले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको बताउनु भयो ।

‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुनःस्थापित हुने दिशामा अघि बढ्ने छौं,’ नेता थापाले भन्नुभयो । उनले भने ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि दावी पनि गर्नुभयो । ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ थापाले भन्नुभयो । एमाले स्थायी कमिटी सदस्य थापाले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने ठोकुवा पनि गर्नुभयो ।

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा थापाले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याउनु भयो । दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताउनु भएको हो ।