जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार १४:५७

सिन्धुलीको भिमानका चिया पसलहरूमा तात्यो राजनीतिक बहस


सिन्धुली, भदौ ३१ । सिन्धुली जिल्ला कम्युनिष्ट किल्ला मानिन्छ । अझ भिमान त सहिद ऋषि देवकोटा (आजाद) साहदत्त प्राप्त गरेको देवकोटाकै गाउँ । नेपाली कम्युनिष्ट आन्दोलको भिमान पनि एक आधार क्षेत्र थियो आजादको । हो यही भिमान बजारका चिया पसलहरूमा आजभोली तातेको छ, राजनीतिक बहस् । देशको बर्तमान राजनीति बारे गजवकोे गन्थन मन्थन हुने गरेकाछन् भिमान बजारका चिया पसलहरूमा ।

मन्थनका केन्द्रविन्दु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हुने गर्नुभएको छ र सहायक पात्र भने माधब नेपाल । नेपालले एमाले छोडेर नयाँ पार्टी खोलेकोमा जनआक्रोस बढि देखिने गरेको । सिन्धुलीको कमलामाई नपाका एक वडा सदस्य बाहेक सबैले एमाले अर्थात आली रोजेका छन् ।

जबकी यस नपाका मेयर खड्ग खत्री नै माधब समूहका हुनुहुन्थ्यो, तर खत्रीले माधबलाई साथ दिएनन, एमालेमै रहनुभयो । यस बिषयले पनि भिमान बजार यतिबेला तातेको छ । यसै बिषयमा भदौ ३१ गते बिहान भिमान बजारको एक चिया पसल गर्मायो । अघिल्तिर चिया खाईसकेर जनताका कुरा सुनिरहेका वडाध्यक्ष देवराज पौडेल र चर्चित युवा उधमी तथा एमालेका युवा नेता भरत पोखरेलले पालैपालो जिज्ञासुहरूको जिज्ञासा मेटाइरहेका थिए मेटाइरहनु भएको थियो ।