जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार १४:३२

मीनभवनको बार्दलीमा झाँक्रीको खोजी


काठमाडौं, १ असोज । मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए हामी यहाँ छौं । भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा अभाव झल्कियो, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको । पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो । तर कार्यकर्ताको इच्छाअनुसार उहाँ कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिनुभएकन ।
त्यसो भए किन उपस्थित हुनुभएन झाँक्री

पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उहाँलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो –झाँक्री दिदी किन आइनन् ?

एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै हुनुभयो । गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराउनुभएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताउनुभयो।

तर उहाँको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए । एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्कोथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे । जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित हुनु्भयो । कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो, उनी काठमाडौं बाहिर रहिछन् । नेकपा९एस०निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेको बताईएपनि कल्याणी खड्कालाई नेकपा एस पार्टी सम्मानजनक स्थान नदिएकै कारण उनि पछिल्ला कार्यक्रममा सहभागि नहुने गरेको एक स्रोत बताउछ ।