जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार १९:१८

सुदूरपश्चिममा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ


धनगढी, असोज १ । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ । थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिनुभयो ।

एमाले रोजेपछि अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो । नवनियुक्त आर्थिक मामिला योजना मन्त्री तारा लामा तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुनुहुन्छ । उहाँले एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।

अध्यक्ष ओलीतिरै रहनुभएकी बझाङकी माया तामाङ भने एमाले विभाजनपछि एकीकृत समाजवादी रोज्नुभएको हो । प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक-एक सांसद छन् ।