जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार २१:२०

आगामी चुनावमा देशभरबाट माओवादी केन्द्रले दुई सीट मात्रै जित्ने प्रक्षेपण



काठमाडौं, असोज १ । वरिष्ठ अधिकारकर्मी एवं पत्रकार कनकमणि दीक्षितले अबको चुनावमा नेकपा माओवादी केन्द्रको आगामी चुनावको नतिजाका बारेमा अनुमान प्रस्तुत गर्नुभएको छ। उहाँले अनुमान सगै जम्मा दुई क्षेत्रमा मात्र चुनाव जित्ने निश्चित भएको दाबी समेत गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डचाहिं समानुपातिकमा मात्र सुरक्षित रहेको पनि प्रक्षेपण गर्नुभएको छ । दीक्षितले ट्वीट मार्फत माओवादीको आगामी चुनावको नतिजाका बारेमा अनुमान प्रस्तुत गर्नुभएको हो । उहाँले माओवादी नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको जित्ने निश्चित रहेको र जित्ने निर्वाचन क्षेत्र नभेटिने हुँदा प्रचण्डले समानुपातिकमा बस्न सक्ने अनुमान गर्नुभएको हो ।

‘मेरो लेटेस्ट बुझाइः संसदीय निर्वाचनमा माओवादी शीर्षस्थ मध्ये वर्षमान पुन र जनार्दन शर्माको आ आफ्ना पकेट क्षेत्रबाट जित निश्चित छ । पुष्पकमल दाहाल आफू कताबाट उम्मेदवार हुने ठेगान छैन । र कांग्रेससँग समझदारी नहुने हो भने जीत पनि पक्का छैन । लास्टमा समानुपातिकबाट उठ्न बेर छैन ।’