हेटौंडा, असोज १ । नेकपा एमालेले हेटौँडामा दैनिक कार्यक्रम आयोजना गरि विभिन्न दलबाट सयौ ब्यक्तिलाई पार्टी प्रवेश गराईरहेको छ । यसै सन्र्दभमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ मा आज एक कार्यक्रमको आयोजना गरि ९८ जना एमालेमा प्रवेश गरेका छन् । हेटौँडा उपमहानगरपालिका– १७ मा भएको कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र परित्याग गरि ९८ जना एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीलाई एमाले नेता एवम् हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेयर महतले विकासको कामममा हेटौँडा सधै अघि रहेको बताउनुभयो ।
मेयर महतले यस क्षेत्रको विकासका लागि आफु निरिन्तर लागिपरेको र विकासको चिन्ता नगर्नका लागि आग्रह समेत गर्नुभयो । चुच्चेखोलाबाट राजदेवि क्षेत्रमा वर्षेनी धेरै बजेट विनीयोजन गरेको वताउँदै मेयर महतले भन्नुभयो –‘यस क्षेत्रको धेरै पुरानो सडक भएपनि आफु निवार्चित भएर आउनु भन्दा पहिले यस क्षेत्रमा कालोपत्रको समस्या थियो । तर, अहिले कालोपत्रेपनि गरिएको छ , सडकमा स्लाब ढलान लगायतका धेरै काम गरिएको छ ।’
फेरि पनि राजदेविको मुल सडक पक्की निर्माण गर्नका लागि ४० देखि ५० लाख रुपैयाँ सम्म बजेट खर्च गरिने मेयर महतले बताउनुभयो । पुरानो वस्ती भएपनि सबैको ओझेलमा परेकाले यसलाई ध्यान दिएर काम गरिएको उहाँको भनाई थियो । पाटीमा प्रवेश गरेकाहरुलाई नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य कमल विष्ट, मेयर महत, एमाले जिल्ला कमिटीका सदस्य तथा मेयरका राजनीतिक सल्लाहकार नरहरी महत, हेटौंडा–१७ का वडा अध्यक्ष भैरब राई, लगायतका नेताहरुले पाटी प्रवेश गरेकाहरुलाई टिका र खादा ओढाएर स्वागत गनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्