ललितपुर, २ असोज । नेकपा एमालेको लोक प्रियता दिनप्रतिदिन बढ्दै गएको छ । देशभर भएका विभिन्न कार्यक्रमहरुमा ठुलो संख्या युवाहरु एमालेमा प्रवेश गरेका छन् । सत्तारुढ दलसँग देशभर युवा पंतिको वितृष्णा व्यापक मात्रामा पैदा हुन थालेको छ । आफैले सरकार सञ्चालन गरिरहेको समयमा नेपाली कांग्रेस तथा माओवादी केन्द्र
परित्याग गरी दैनिक रुपमा देशभर सयौं नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन। यसै क्रममा शुक्रवार ललितपुरमा बागमती गाउँपालिकाको भट्टेडाँडामा राष्ट्रिय युवा संघ नेपाल, बागमती गाउँपालिका स्तरिय बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस–माओवादी परित्याग गरी १०० भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले खादा तथा टीका लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेता बस्नेतले युवाको देशभर आकर्षण बढेको जानकारी गराउँदै आगामी निर्वाचनसम्म देशभर एमालेमय हुने दावी गर्नुभयो । नेपाली जनताको प्यारो एकमात्र पार्टी एमाले भएको उल्लेख गर्दै नवप्रवेशीको राजनीतिक भाग्य र भविष्यको लागि एमालेले अभिभावको भएको स्पष्ट पार्नुभयो । उक्त भेलाले राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका अध्यक्षमा सन्तोष खड्का, उपाध्यक्षमा सविन तिमल्सिना, सचिवमा दिपेन्द्र लामा, सहसचिवमा निशा लामा मगर र कोषाध्यक्षमा विश्वराम बंजगाई सहित १०१ जनाको कमिटी घोषणा गर्नुको साथै विशेष अतिथि संगठनका केन्द्रिय अध्यक्ष किरण पौडेलले सफथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, नेकपा एमाले ललितपुर जिल्ला इन्चार्ज, पूर्वसांसद शुसिला नेपाल, प्रतिनिधि सभा सदस्य नवराज सिलवाल, प्रदेश सभा सदस्य चेतनाथ संजेल लगायत राष्ट्रिय युवा संघ नेपाल र पार्टीका नेताहरुको समेत अतिथिको रुपमा उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्