जनता टाइम्स

५ असार २०७६, बिहीबार १६:१९

अस्ट्रेलियाको संसदमा युवा नेता चौलागाईं अतिथि


काठमाडौं, असार ५

अस्ट्रेलियाको संसदमा नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता युवराज चौलागाईं भएर बजेट अधिवेशनमा सहभागी हुनुभएको छ । अस्ट्रेलियाको भ्रमणमा रहनुभएका युवा नेता चौलागाईं दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनमा नेपालका तर्फबाट अतिथिका रुपमा सहभागी हुनुभएको हो ।

चौलागाईंले अतिथि भएर संसदको बजेट अधिवेशनको अवलोकन गर्नुभएको हो । सो अवसरमा नेता चौलागाईंले संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुख एवं अष्ट्रेलियन लेबर पार्टीका नेता माननीय रसेल वर्टलीसँग भेटघाट र कुराकानी गर्नुभएको थियो । आजै दिउँसो चौलागाईं अधिवेशनमा सहभागी हुनुभएको हो ।

उहाँ नेकपाको एकतापूर्व पूर्वमाओवादीमा विदेश विभाग सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिका क्षेत्रमा विज्ञ रुपमा मानिदै आइएको छ ।