जनता टाइम्स

२ आश्विन २०७८, शनिबार ११:५८

माधवकै आग्रहमा बागमति सरकारको नेतृत्व गरेको अष्टलक्ष्मीको खुलासा


बिशाल बस्नेत, बर्दिवास । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले बागमति सरकारको नेतृत्व गरेको बताउनु भएको छ । महोत्तरीमा आज पत्रकारहरुसँग कुरा गर्दै शाक्यले यस्तो बताउनु भएको हो ।

उहाँले एमाले बिभाजनसँगै आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै बिश्वासको मत लिने बताउनु भयो । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह पनि गर्नुभयो ।
मैले माधव कमरेडलाई पटक(पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । उहाँको आफ्नै कुरा होला, शाक्यले भन्नुभयो ।

आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको भनाइ छ ।