जनता टाइम्स

२ आश्विन २०७८, शनिबार १३:२५

माधव र प्रचण्डको महत्व कवाडीको मूल्य बराबार : महेश बस्नेत (भिडियोसहित)


काठमाडौं, असोज २ । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले एमालेको विभाजन हातीलाई भुसुनाले टोके जस्तो भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेता बस्नेतले एमाले हाती जत्रो पार्टी भएको र माधव नेपालहरु भुसुना जस्तो भएको बताउनुभएको हो ।

उहाँले विभाजनले एमालेलाई कुनै असर नगरेको पनि बताउनुभयो । प्रचण्ड अब सेनाविहनि सेनापती हुने र माओवादी क्रमश अब बिघटनको बाटोमाा लागेको बस्नेतको भनाई छ । केही बर्षपछि माधव नेपाल र प्रचण्डको महत्व कवाडीको मूल्य बराबार हुने ठोकेवा पनि उहाँले गर्नुभयो ।