जनता टाइम्स

२ आश्विन २०७८, शनिबार २०:४३

सानो गल्तीले नेपाल फिलिपिन्ससँग पराजीत


काठमाडौं, असोज २ । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजीत भएको छ । उज्वेकिस्तानको जेएआर रंगशालामा आज भएको खेलमा नेपाल २-१ गोल अन्तरले फिलिपिन्ससँग पराजीत भएको हो ।

आजको खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले त्यसलाई जोगाउन नसक्दा हार व्यहोरेको हो । नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गरेकी थिइन। खेलको ९० औं मिनेटमा फिलिपिन्सकी ताहनाई अनिशले बराबरी गोल फर्काइन् । फिलिपिन्सले अर्को गोल इन्जुरी समयमा गर्‍यो । जितसँगै फिलिपिन्सले ३ अंक जोडेको छ ।

नेपालले अब समूह एफको अर्को खेल असोज ५ गते हङकङसँग खेल्नेछ । छनोटअन्तर्गत नेपाल रहेको समूह समूह एफमा फिलिपिन्स र हङकङ छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष फेब्रुअरीमा भारतमा हुने महिला एसिएन कप खेल्न पाउने छ ।