जनता टाइम्स

६ असार २०७६, शुक्रबार ००:०१

क्यावात सरकार ! हेलिकोप्टरबाट गरियो सुत्केरी महिलाको उद्धार


जाजरकोट, असार ६

सरकारले ज्यान गुमाउने अवस्थामा रहेकी डोल्पाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको बिहीवार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उनको हेलिकप्टरमा उद्धार गरिएको हो । बुढाको उद्धार गरी हेलिकप्टरमा सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिनुभयो ।

दुई दिनदेखि सुत्केरी हुन नसकेपछि बुढाको ज्यान खतरामा परेपछि उद्धार गरिएको हो । अहिलेसम्म डोल्पाबाट हेलिकप्टरमार्फत सात सुत्केरीको उद्धार गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका महिलालाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गरेपछि सुत्केरी हुन नसकेका महिलाले अकालमा ज्यान गुमाउनु परेको छैन ।