जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १७:१३

यस्तो छ कांग्रेस महामन्त्रीका उम्मेद्वार विश्वप्रकाशको अवधारणापत्र (पूर्णपाठ)


काठमाडौं, असोज ३ । नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गर्नुभएको छ । शर्माले आज गृहजिल्ला झापाको बिर्तामोडमा एक समारोहबीच आफ्नो उम्मेदवारी तथा अवधारणापत्र घोषणा गर्नुभएको हो ।

हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन भन्ने अपिलसहित शर्माले अवधारणापत्र सार्वजनिक गर्नुभएको छ । शर्माको अवधारणापत्रमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्र सांसद बन्ने प्रस्ताव गर्नुभएको छ ।