काठमाडौं, ४ असोज । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ ।
सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिनुभएको हो । रोस्ट्रमअघि उभिए पनि ओली र नेम्वाङले नारा भने लगाउनुभएन । सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।













प्रतिक्रिया दिनुहोस्