जनता टाइम्स

४ आश्विन २०७८, सोमबार १८:४९

प्रेस चौतारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं, असोज ४ । साइनो नेपाल मिडिया सोसाइटीले प्रेस चौतारी नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिएका पत्रकारहरुलाई थोरै भएपनि सहयोग गर्ने नीतिअनुसार प्रेस चौतारीमार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताउनु भयो । सो संस्थाले २४ सय थान माक्स प्रेस चौतारीलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रेस चौतारीका इञ्चार्ज सूर्य थापा, पूर्वअध्यक्ष गगन बिष्ट, बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्षहरु गणेश पाण्डे, लालबाबु शेख, महासचिव राजेश राई, उपमहासचिव हिरामान लामा, सचिव रामकृष्ण शर्मा, कोषाध्यक्ष इन्द्र आचार्यलगायतले प्रेस चौतारीलाई सम्झिएर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको भन्दै सो संस्थालाई धन्यवाद दिनुभयो ।